ad ad

कला


‘लाज शरणम्’मा कक्रोज पनि

‘लाज शरणम्’मा कक्रोज पनि

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १३:५५, काठमाडौँ

‘सक्किगो नि’ टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम्’मा हरिष निरौला (कक्रोज) अनुबन्धत भएका छन्। निरौला र निर्माण टिमबीच बिहीबार सम्झौता भएको हो।

यतिबेला ‘लाज शरणम्’को कलाकार छनोट र प्रि-प्रोडक्सनका काम धमाधम भइरहेका छन्।

फिल्ममा एकपछि अर्को कलाकारको प्रवेश जारी छ। फिल्ममा अधिकांश ‘सक्किगो नि’ टिमका कलाकार नै रहने देखिएको छ।

गत साउनमा फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन पारेर निर्माण घोषणा गर्दा सिनेमामा ‘सक्किगो नि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणि नेपाल (खुपीका बाउ) को अभिनय रहने जानकारी दिइएको थियो।

आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बु फाइनल भएका छन्। बाँकी कलाकारको जानकारी बिस्तारै दिने बताइएको थियो।

अहिलेसम्म सिनेमामा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) ‘सक्किगो नि’ टिमबाट र बाहिरबाट अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगी अनुबन्ध भइसकेका छन्।

यही भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा देशभरका हलमा रिलिज हुनेछ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .