लामो समयदेखि दीर्घरोगबाट थलिएकी अभिनेता विपिन कार्कीकी आमाको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको छ। बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा उनकी आमा सरस्वतीको निधन भएको हो।
सरस्वतीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। आमाको पार्थिव शरिरमा विपिन र उनका दाजुले दागबत्ती दिएका थिए।
दागबत्तीको समयमा विपिन भावविह्वल बनेका थिए। कार्कीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
विपिनसँग लामो समयदेखि सहकार्य गरेका कलाकारहरुले आर्यघाटमा उपस्थित भएर श्रद्धासुमन व्यक्त गरेका थिए।
तस्बिरः गोपीकृष्ण चापागाईं
615
Shares
प्रतिक्रिया