ad ad

कला


प्रिमियर शोमा मलिका अभिनीत फिल्म ‘सतीदेवी’ले पायो प्रशंसा

प्रिमियर शोमा मलिका अभिनीत फिल्म ‘सतीदेवी’ले पायो प्रशंसा

नेपालखबर
भदौ ५, २०८१ बुधबार १२:४४, काठमाडौँ

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ।

मंगलबार साँझ काठमाडौंमा भएको प्रिमियर शोमा फिल्म हेर्न पुगेका कलाकर्मीहरुले फिल्मको खुलेर तारिफ गरे। 

फिल्म निर्माण टिमसहित प्रिमियर शोमा पूजा शर्मा, मिरुना मगर,सलोन बस्नेत, सलिनमान बानिया, शोभित बस्नेत लगायतका कलाकारहरु उपस्थिति थिए।

फिल्म हेर्न आएका दर्शकले कथावस्तुदेखि मुख्य भूमिकामा रहेकी मलिका महतसहितका कलाकारहरुको अभिनयको उत्कृष्ट लागेको बताए। लैङ्गिक समानताको विषयवस्तुलाई शसक्त रुपमा उठान गरेको भन्दै निर्देशक सुवेदीले प्रशंसा बटुले। धेरैले फिल्मले निकै मन छोएको समेत प्रतिक्रिया दिए। 

फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, सिर्जना अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाले अभिनय गरेका छन्।

रिलिजअगावै थुप्रै अवार्ड जितिसकेको यो फिल्म दिलासा र साराको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुवेदीकै निर्माण र लेखन छ।

सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तित हुन नसकेको महिलाको कथालाई विषय बनाएको छ।

बाबुछोरीको कथासमेत भन्ने चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्त्वलगायत विषय देखाउने निर्देशक सुवेदीले बताए। यो फिल्म भदौ ७ गतेबाट रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .