ad ad

कला


मनोज गजुरेल भन्छन् : गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण हो

मनोज गजुरेल भन्छन् : गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण हो

नेपालखबर
साउन ३१, २०८१ बिहिबार २१:२२, काठमाडौँ

हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा कार्यक्रम नेपालको अर्ग्यानिक संस्कृति भएको बताएका छन्।

आउँदै गरेको गाईजात्राको विषयमा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले गाईजात्रा कलाकारहरुको आर्थिक उपार्जनको अवसर मात्रै नभएर नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण गर्ने पर्वसमेत भएको बताए।

सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र शिम्खडा, सुबोध गौतम लगायतले गाईजात्राका अवसरमा यस वर्ष हुन लागेको कार्यक्रममा विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा कलाकारहरु प्रभात लामा, साजन श्रेष्ठ, सीता न्यौपाने, प्रकृति गिरी, आशिष खनाल, यमन श्रेष्ठ, मेक्सम गौडेल लगायतको उपस्थिथिति थियो। 

हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिप्रति कलाकारहरुले व्यंग्य गर्दै गाईजात्रा कार्यक्रम गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .