बलिउड अभिनेत्री अनन्या पाण्डेले नयाँ कार किनेकी छिन्। उनले ३ करोड ३८ लाख भारतीय रुपैयाँ पर्ने विलासी रेन्ज रोभरको कार खरिद गरेकी हुन्।
अनन्याले किनेको कारसँगै अनौठो नम्बर प्लेटले यतिखेर दर्शकहरूको ध्यान खिचिरहेको छ। नम्बर प्लेटमा ३००० लेखिएको छ। धेरैले यो संख्या अनन्याको जन्ममितिसँग जोडिएको हुनसक्ने अनुमान गरेका छन्। ‘आई लभ यू ३०००’ भन्ने प्रतिष्ठित लाइनसँग जोड्दै अनन्या मार्भलको फ्यान हुनसक्ने बताए।
आफ्नो स्टाइलिसका कारण परिचित अनन्या सधैं लक्जरी कारहरूको लागि रुचि राख्छिन्। र, रेन्ज रोभरको कार उनको ग्यारेजमा एक उत्तम थप हो। स्टुडेन्ट अफ द इयर २ र ड्रीम गर्ल २ अभिनेत्री आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छिन्।
अभिनेता आदित्य रोय कपुरसँगको ब्रेकअप र क्रिकेटर हार्दिक पाण्ड्यासँगको बढ्दो निकटताको हल्ला छ। अनन्त अम्बानी र राधिका मर्चेन्टको संगीत समारोहमा उनीहरूको केमेस्ट्री स्पष्ट भएपछि अफेयरको गसिब चल्न थालेको हो।
इन्स्टाग्राममा एकअर्कालाई फलो गर्नेदेखि सामाजिक सञ्जाल गतिविधीहरूले गसिबलाई उकास्छ।
२५ वर्षीया अभिनेत्री आफ्नो करियरमा पनि केन्द्रित छिन्। उनी चाँडै प्राइम भिडिओ शृंखला ‘कल मी बे’ ओटीटीमा देखिनेछिन्, जहाँ उनले एक अरबपति फेसनिस्टको भूमिकामा छिन्। यो श्रृंखला सेप्टेम्बर ६ मा रिलीज गर्न तयारी छ।
कल मी बे बाहेक अनन्या कन्ट्रोल र द अनटोल्ड स्टोरी अफ सी शंकरन नायर जस्ता अन्य प्रोजेक्टहरू देखिनेछिन्।
Shares

प्रतिक्रिया