‘ड्रेस टु इम्प्रेस’ को दशौँ संस्करण सम्पन्न भएको छ। शनिबार काठमाडौँमा भएको कार्यक्रममा फेसन डिजाइनरका विद्यार्थीहरुले आफूले तयार पारेका पहिरनहरु आफैँले प्रदर्शन गरे।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो।
प्रतिस्पर्धामा सहभागि डिजाइनरहरुलाई पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन विभाजन गरिएको थियो। ‘ड्रेस टु इम्प्रेस सिजन–१०’ मा विभिन्न चार विधामा चार डिजाइनरहरु उत्कृष्ट घोषित भए।
प्रज्ञा प्रतिष्ठानमा आयोजित यो फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धि नम्बर ३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन्। उनले डिजाइन गरेको सेतो रङको पहिरन सर्वोत्कृष्ट भएको हो।
‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धि नम्बर ३६ खुश्बु सेवा सर्वोत्कृष्ट भइन्। उनले डिजाइन गरेको आकर्षक शैलीको पहिरनले प्रतिस्पर्धाका निर्णायकसंगै दर्शकको समेत मन जितेको थियो।
तेस्रो विधा ‘क्यारिङ अवे इन डेजाभू’ बाट प्रतिस्पर्धि नम्बर ७७ सिलु बज्राचार्य उत्कृष्ट बनिन्। र,‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा भने प्रतिस्पर्धि नम्बर ११३ ईन्द्रावती क्षेत्रीले डिजाइन गरेको पहिरन उत्कृष्ट बनेको थियो।
Shares

प्रतिक्रिया