ad ad

कला


अनन्त–राधिकालाई आशीर्वाद दिन पुगे प्रधानमन्त्री मोदी

अनन्त–राधिकालाई आशीर्वाद दिन पुगे प्रधानमन्त्री मोदी

नेपालखबर
असार ३०, २०८१ आइतबार १४:२३, काठमाडौँ

विश्वमै धनाढ्यमध्ये एक मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको विवाह शुक्रबार भइसकेको छ। बिहेपछि शनिबार जियो वर्ल्ड सेन्टरमा आशीर्वाद समारोह राखिएको थियो। 

जुन समारोहमा भारतका प्रधानमन्धी नरेन्द्र मोदी समेत सहभागी भए। 

हिजो राति साढे आठ बजे समारोहमा पुगेका उनी २ घण्टा ४० मिनेट बसेका थिए। दुलहादुलहीलाई आशिवार्द दिएसँगै मोदीले डिनर समेत गरे। 

जहाँ अनन्त–राधिकाले मोदीको खुट्टा छोएका थिए।

मोदीसहित समारोहमा अमिताभ बच्चन, रजनीकान्त, सलमान खान, शाहरुख खान, सानिया मिर्जा, जसप्रित बुमराह, महेन्द्र सिंह धोनी, एकनाथ शिन्दे, चन्द्रबाबु नायडू, शरद पवार, देवेन्द्र फडणवीस र पवन कल्याण लगायतका सेलिब्रेटी, खेलाडी र नेताहरू आए। 

यस आशीर्वाद समारोहमा शंकराचार्य अविमुक्तेश्वरानन्द जी, स्वामी रामभद्राचार्य, बागेश्वर धामका धीरेन्द्र शास्त्री र योग गुरु रामदेव तथा सन्त समाज, योग र अध्यात्मसँग सम्बन्धित धेरै प्रतिष्ठित व्यक्तित्वहरू पनि उपस्थित रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .