ad ad

कला


‘रेलवे टू नो ह्वेयर’ मञ्चनसँगै सुरु भयो म्याडफेस्ट

‘रेलवे टू नो ह्वेयर’ मञ्चनसँगै सुरु भयो म्याडफेस्ट

नेपालखबर
असार २१, २०८१ शुक्रबार २०:३४, काठमाडौँ

मण्डला थिएटरका पूर्वविद्यार्थीहरूले आयोजना गरेको नाटक महोत्सव ‘म्याडफेस्ट २०२४’ सुरू भएको छ।

संयोग गुरागाईंद्वारा निर्देशित नाटक ‘रेलवे टू नो ह्वेयर’ को मञ्चनसँगै महोत्सवको उद्‍घाटन गरिएको हो।

‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपाने महोत्सवको शीर्षक झैं युवाहरुको जोश जाँगरले नै महोत्सव सम्भव बनेको बताए।

‘सुरुमा एउटा आइडिया मात्र थियो। सबैजना जोडिएपछि यो महोत्सव सम्भव भयो। दामी–दामी नाटकहरू तयार भएका छन्। फेस्टिभलको नाम पनि म्याड, यो खासमा एउटा पागलपन नै हो। हामीले हाम्रा लागि अवसर खोजौं न भन्ने हेतुले यो फेस्ट सुरु गरेका हौं’ निर्देशक न्यौपानेले भने।

अभिनेत्री पशुपति शर्माले युवा रंगकर्मीलाई यस किसिमको महोत्सवले निरन्तर उत्साह दिने बताइन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल काठमाडौंसँग रंगमञ्चको सम्बन्ध पहिल्यैदेखि रहेको भन्दै ‘म्याडफेस्ट’को निरन्तरताको कामना गरिन्।

‘काठमाडौंसँग रंगमञ्चको सम्बन्ध नजिकको छ। काठमाडौंमा पहिल्यैदेखि डबलीमा नाटक हुने गर्थ्यो। यस किसिमको नाटक महोत्सव भइरहनुपर्छ। म्याडफेस्ट गर्ने म्याडनेस बढ्दै जाओस्’ सुनिताले भनिन्, ‘यस किसिमको महोत्सवमा सहकार्य गर्न काठमाडौं महानगरपालिका सँधै तयार छ।’

मण्डलाका थुप्रै कलाकारलाई वर्षौं खानारखाजारचिया खुवाएका ‘मामा’ टेकनाथ पराजुलीलाई सम्मान स्वरुप कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो। आफूले खानारचिया खुवाएका कलाकारले गरेको यस्तो महोत्सव सहभागी हुँन पाउँदा उनी खुशी देखिए।

‘मकहाँ खाना खाने साना–साना भाईबहिनी ठूला भएर यस्तो ठूलो कार्यक्रम गर्ने भइसकेछन्,’ मामाले भने।

रंगकर्मी केदार श्रेष्ठले त मामाले मण्डलाका कलाकारलाई पुर्‍याएको योगदानको कदर गरिनुपर्ने बताए।

‘मण्डलाका अहिलेका कलाकारलाई संघर्षको बेला एक छाक खान गाह्रो पर्दा मामाले सँधै खाना खुवाउनुहुन्थ्यो। र, पैसन छैन भन्दा उहाँले कमाएर तिर्नु भन्नुहुन्थ्यो,’ केदारले भने।

असार २१–२३ सम्म चल्ने यो महोत्सवमा छ नाटक देखाइनेछन्। ‘रेल्वे टु नोव्हेर’सँगै सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन भएको थियो।

साथै महोत्सवमा अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ मन्चन हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .