ad ad

कला


प्रियंकाको फिल्म ‘माइली’मा समावेश गीतमा शान्ति, अस्मिता र विन्दुको स्वर

प्रियंकाको फिल्म ‘माइली’मा समावेश गीतमा शान्ति, अस्मिता र विन्दुको स्वर

नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:२८, काठमाडौँ

फिल्म ‘माइली’को एकसाथ दुई गीत रेकर्ड गरिएको छ। काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो।

रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्ममा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन्। 

गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ। दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ।

फिल्ममा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ। 

निर्देशक बलामीले सत्यघटनामा आधारित फिल्ममा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .