कला


रिलिजअघि नै ‘छ माया छपक्कै’ले पायो एक करोड

रिलिजअघि नै ‘छ माया छपक्कै’ले पायो एक करोड

नेपालखबर
असार १७, २०७६ मंगलबार १२:१०,

फिल्म ‘छ माया छपक्कै’ विदेशका लागि १ करोड १० लाखमा बिक्री भएको छ।

निशान बजगाँइले विदेशमा प्रदर्शनका लागि सो रकम तिरेर आमा सरस्वती मुभिजसँग ‘ओभरसिज राइट्स’ लिएका हुन्।

यससँगै ‘छ माया छपक्कै’ धेरै मूल्यमा ओभरसिज राइट्स बिक्री हुने नेपालको पहिलो फिल्म बनेको छ। दीपेन्द्र लामाको निर्देशनमा छायांकन भइरहेको फिल्मले सामाजिक, राजनीतिक सँगै प्रेम सम्बन्धका विविध पाटालाई केलाएको छ।

यस वर्षको दशैंमा रिलिज हुने फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाललगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .