ad ad

कला


आजदेखि सर्वनाम थिएटरमा नाटक ‘पूर्णविराम’

आजदेखि सर्वनाम थिएटरमा नाटक ‘पूर्णविराम’

नेपालखबर
असार १७, २०८१ सोमबार १३:१७, काठमाडौँ

आजबाट कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘पूर्णविराम’ मञ्चन हुने भएको छ। यो नाटक आरुष मगरको परिकल्पना र निर्देशनमा तयार भएको हो।

सर्वनाम थिएयटरको प्रस्तुति रहेको यो नाटक काठमाडौँ महानगरको सहयोगमा मञ्चन हुन लागेको हो। असार २९ गतेसम्म चल्ने नाटकमा कवि सुरज पराजुलीको कथा रहेको छ।

यस नाटकमा सगुन तामाङ, शू-गूँ, रिनेश बस्नेत, समाइरा श्रेष्ठ, विवेक आचार्य,मुकेश हमाल, समीक्षा पोडेल, मीना पूर्णिमा, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, सुदिश थापा मगर, सौगात त्रिपाठी लगायतको अभिनय छ।

यस नाटकको मञ्चसहित पोस्टरको काम रसिक राजले गरेका हुन्। भेषभूषा भने शितल थोकरले तयार पारेकी हुन्। 

यो नाटक आफैंमा एउटा खुला प्रश्न रहेको निर्देशक मगरको भनाइ छ। उनका अनुसार बढ्दो पर्यावरणीय परिवर्तनले हामीलाई भविष्यको कस्तो स्वरूप देखाउने हो? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ? लगायतका प्रश्नको उत्तर नाटकले दिने प्रयास गरेको छ। 

साथै राजनीतिज्ञको दोहोरो चरित्रले सर्वसाधारणले भोग्नुपरेको कठिनाइलाई पनि नाटकमा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ। नाटक बिहिबारबाहेक प्रत्येक दिन ५स्१५ बजे मञ्चन हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .