ad ad

कला


छायांकनमा ‘पूर्ण बहादुरको सारंगी’

छायांकनमा ‘पूर्ण बहादुरको सारंगी’

नेपालखबर
जेठ २७, २०८१ आइतबार १३:२०, काठमाडौँ

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’  को छायांकन सुरु भएको छ। ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको सुटिङमा प्रकाश सपूत र बालकलाकार जान्भी पौडेलले पहिलो दृश्य खिचे।
 

यस फिल्ममा प्रकाशसहित विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली मुख्य भूमिकामा छन्। साथै फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल बालकलाकार जान्भि पौडेल र स्वायम् केसीको पनि अभिनय छ।

फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित छ।

यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो। अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन्।

फिल्ममा पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहनेछ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्। २०८२ सालमा विश्व बजारमा प्रदर्शन गर्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .