ad ad

कला


‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’सँगै आज ३ विदेशी फिल्म प्रदर्शनमा

‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’सँगै आज ३ विदेशी फिल्म प्रदर्शनमा

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १०:६, काठमाडौँ

आज (शुक्रबार) नेपाली सिनेमा हलहरुमा तीन विदेशी फिल्मसहित दुई स्वदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ रिलिज भएका छन्। 

त्यस्तै,  विदेशीतर्फ जापानको ‘हाइक्यूस् डम्प्सटर ब्याटल’, विल स्मिथ स्टारर हलिउडको प्रतीक्षित ‘ब्याड ब्यायजस् राइड अर डाइ’ र भारतीय फिल्म ‘मुन्ज्या’ हलमा लागिसकेका छन्। 

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगिसकेको फिल्म हो। यस फिल्ममा दयाहाङ् राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका छ। 

फिल्मको पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्य गरेका छन्। अमोद राई र निर्देशक सुब्बा फिल्मको निर्माता रहेको फिल्म राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित छ। मल्टिप्लेक्स हलहरूबाट राम्रै शो पाएको यस फिल्मको व्यापार भने माउथ पब्लिसिटीले निर्धारण गर्नेछ। 

घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का मुख्य भूमिकामा छन। निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन्। ट्राभल लभस्टोरीमा बनेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।

हलमा सुखद शो पाएको यो फिल्म साम्राज्ञीका लागि बक्सअफिसमा चल्नुपर्ने दबाब छ। किनकी साम्राज्ञीका खेलेका पछिल्ला फिल्म बक्सअफिसमा सफल छैनन्। 

हलिउड स्टार विल स्मिथ ‘ब्याड ब्वाय’ रिलिज भएको छ। उनी अभिनित केही फिल्महरु व्यवसायिक रुपमा असफल हुँदा यो उनका लागि कमब्याक फिल्म हुन सक्छ। आजबाट रिलिज भएको यस फिल्मले मल्टिप्लेक्स हलहरूबाट राम्रै शो पाएको छ। जापानी फिल्म ‘हाइक्यू’ सीमित हल र फ्यानबीच प्रदर्शन भएको छ। 

आदित्य सरपोतदार निर्देशित भारतीय फिल्म ‘मुन्ज्या’ पनि रिलिज भएको छ। यस फिल्ममा शर्वरी वाघ, अभय वर्मा, मोना सिंह मुख्य भूमिकामा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .