कला


अष्ट्रेलियामा एक्सिस ब्यान्डदेखि कालीप्रसाद र र्‍यापर साकारले कन्सर्ट गर्ने

अष्ट्रेलियामा एक्सिस ब्यान्डदेखि कालीप्रसाद र र्‍यापर साकारले कन्सर्ट गर्ने

नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:४५, काठमाडौँ

एक्सिस ब्यान्डदेखि गायक तथा संगीतकार कालीप्रसाद बासकोटा र र्‍यापर साकारले अष्ट्रेलियामा कन्सर्ट गर्ने भएका छन्। अष्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट्स एण्ड स्ट्रेट आउटा हिमालयजको आयोजनामा काली, साकार र एक्सिसले छुट्टा छुट्टै मितिमा आठ सहरमा कन्सर्ट गर्न लागेका हुन्। यस कन्सर्टलाई पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट(पीभीई) नेटवर्कको व्यवस्थापन गर्नेछ।

स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अष्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ देखि आठ सहरमा कन्सर्ट गर्नेछ। व्याण्ड एक्सिसको ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘माफ गर’, घर गाउँ’ र ‘पाइला’ एलबम बजारमा आइसकेका छन्। ब्यान्डले सात वर्षपछि अष्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो। ब्यान्डले अष्ट्रेलियामा ‘अधुरो प्रेम’, ‘माफ गर’, ‘मुस्कान’, ‘एकचोटी’, ‘मेरो प्रेम’, ‘पाइला’लगायतका गीत सुनाउनेछ ।

गत फेब्रुअरी १४ मा ब्यान्डले चितवनको सौराहामा आठ हजार दर्शकमाझ कन्सर्ट गरेको थियो। यो व्याण्ड यसै वर्ष काठमाडौंमा आयोजना हुन लागेको ‘रेडियो कान्तिपुर नेसनल म्यूजिक अवार्ड २०८०’मा ‘बेस्ट ब्याण्ड’ विधाको मनोनयनमा पनि परेको छ ।

यस ब्यान्डमा सन्दिप विश्वकर्मा(भोकल), अमूल्य श्रेष्ठ(ड्रम) छन् भने गीतारमा निखिल सिकर्मी, रोशन लामा र सजिन महर्जन छन्। उनीहरुले अष्ट्रेलिया टुरअघि जुनमा लाइभ शोमार्फत ‘घर गाउँ’ र ‘पाइला’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्दैछन्।

‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले अष्ट्रेलियाबाट ‘डेब्यू’ सांगीतिक टुर गर्न लागेका हुन्। अगष्ट १० देखि अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछन्।

उनको टिममा क्यारे महर्जन(ड्रमर) र निरज बराइली(सुट डिरेक्टर एण्ड कन्सोल हेड) रहनेछन्। साकारले हालैमात्र ‘नेप–हप ड्रिप’ नामक गीत सार्वजनिक गरेका थिए। यो गीत युट्युब ट्रेन्डिङमा छ।

गायक तथा संगीतकार कालीप्रसाद बासकोटा यसै वर्षदेखि नेपाली संगीत क्षेत्रमा १५ औं वर्ष बिताउदैछन्। उनले सेप्टेम्बर १५ देखि ‘१५ इयर्स अफ कालीप्रसाद बासकोटा’ नाममा अष्ट्रेलिया टुर गर्दैछन् ।

कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन्। उनीहरुले नेपथ्यदेखि बालेन (हाल काठमाडौं महानगरपालिका मेयर), झिल्के एण्ड द कम्पनीसम्मका संगीतका तीन पुस्ताको कार्यक्रमको व्यवस्थापन गरेको अनुभव संगालिसकेका छन् ।

पीभीई नेटवर्कका सिईओ विकेश कायस्थले अष्ट्रेलियाको हुल्य इभेन्ट्स एण्ड स्ट्रेट आउटा हिमालयजसँगको सहकार्यमा अष्ट्रेलियामा रहेका नेपाली तथा विदेशी दर्शकलाई कलाकारको प्रस्तुतीमात्र नभई लाइभ कोरियोग्राफ शैली अपनाएर मनोरञ्जन दिने तयारी भइरहेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad