कला


‘मायाका रंगहरू’ मा कमेडियन पदम तामाङको इन्ट्री

‘मायाका रंगहरू’ मा कमेडियन पदम तामाङको इन्ट्री

नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:४६, काठमाडौँ

फिल्म ‘मायाका रंगहरू’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन्। निर्माता तथा निर्देशक केवल तामाङ र पदमबीच हालै कागती सम्झौता भएको हो । पदम तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन् ।

यसअघि फिल्ममा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ देखिने पक्का भइसकेको छ। निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ। पुनम तामाङ प्रस्तुतकर्ता रहको  फिल्मको निर्माता आरबी थाङदेन हुन्।


फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ।


फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन्। फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad