कला


यी हुन् उत्कृष्ट कथा पिच गर्ने ३ जना विजेता फिल्ममेकर

यी हुन् उत्कृष्ट कथा पिच गर्ने ३ जना विजेता फिल्ममेकर

नेपालखबर
जेठ २१, २०८१ सोमबार १६:४६, काठमाडौँ

गत शनिबार काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(किम्फ)मा कथा पिच गर्ने कार्यक्रम भएको थियो। जहाँ ५ जना नयाँ फिल्ममेकरले आफूले बनाउन लागेको डकुमेन्ट्री आइडियासहित प्रक्रियाबारे सुनाएका थिए।

जसमध्ये उत्कृष्ट कथा पिच गर्ने ३ जना विजेताहरूको नाम सार्वजनिक गरिएको छ। काठमाडौंकी सब्रिना डंगोल, सप्तरीका सुरेशकुमार मुखिया र इनुमा राई यसवर्षको विजेता बने।

यी तीनजना विजेताहरूले डकुमेन्ट्री बनाउन प्रतिव्यक्ति एक लाखसहित मेन्टरशिप समेत दिइनेछ। विजेता फिल्ममेकरले आफ्नो डकुमेन्ट्रीलाई ४ महिनाभित्र सक्नुपर्नेछ। अविनाश विक्रम शाह, प्रणय लिम्बू र मन्जुश्री थापा कार्यक्रमको जज रहेका थिए। 

ललितपुरकी सब्रिना डंगोल आफूले बनाउने डकुमेन्ट्रीमा नेवारी संगीतमा सक्रिय तीन महिलाको कथा प्रस्तुत गर्नेछिन्। राग, ग्वाला र चाली शीर्षकको डकुमेन्ट्रीमार्फत उपत्यकाको संगीत परम्परामा महिलाको भूमिका र संघर्षको अन्तर्पुस्तागत अनुभवलाई समेट्ने जानकारी दिइन्। लैंगिक पाटोबाट प्रस्तुत गरिने डकुमेन्ट्रीबारे काम गर्ने क्रममा संगीतको आध्यात्मिक पक्षले आफूलाई विशेष प्रभाव पारेको उनको भनाइ छ।

सप्तरीका सुरेशकुमार मुखियाले नागरिकता नपाउँदाको दुःखलाई डकुमेन्ट्रीमा उतार्ने छन्। स्वास्थ्य सहायक (एचए) पढेका सप्तरीका २५ वर्षीय रजनीश झाले अहिलेसम्म नागरिकता पाएका छैनन्। बुवाले सानैमा छोडेर रजनीशले नागरिकता नपाउँदाको पीडा र संघर्षलाई ‘कागजको मान्छे’ शीर्षकमा प्रस्तुत गरिने उनले बताए।

निर्देशक इनुमा राईले सबैभन्दा पहिलो आइडिया प्रस्तुत गरिन्। उनको फिल्म ‘जर्ना’ यसपटकको किम्फमा समेत प्रदर्शन भइसकेको छ, जुन कोसी नदीमा निर्भर स्थानीयको जीविकामा आधारित छ। 

इनुमाले भने सिन्धुपाल्चोकको हेलम्बुमा जन्मेकी २४ वर्षीय अल्ट्रा ट्रेल धावक नितुका बारेमा वृत्तचित्र बनाउनेछिन्।

सानैदेखि खेलकुदमा रुचि राख्ने नितुले १३ वर्षको उमेरमा पहिलोपटक नांगो खुट्टाले दौडिएर दौड जितेकी थिइन्।

हाल उनी पोखराका १२ वटा विद्यालयका बालबालिकालाई प्रशिक्षण दिइरहेकी छिन्। पहाडबाट काठमाडौं आएर अरुको घरमा बसेर संघर्ष गर्दैँ अरुलाई तालिम दिने स्थानमा पुगेकी नितुको कथाले प्रेरणा दिने उनको विश्वास छ।

नयाँ पुस्तालाई फिल्म निर्माणमा सघाउने उद्देश्यले गरिएको कटकथा कार्यक्रमलाई प्रोडक्सन कम्पनी ‘कथाहरू’ ले सञ्चालन गरेको हो। साथै यस कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको पनि सहयोग रहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad