ad ad

कला


‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टरमा स्वस्तिमा

‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टरमा स्वस्तिमा

नेपालखबर
जेठ २०, २०८१ आइतबार ११:१, काठमाडौँ

फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्ममा मुख्य भूमिकामा रहेकी स्वस्तिमालाई स्थान दिइएको छ।

साडीमा देखिएकी स्वस्तिमालाई पोस्टरमा बलियो पात्रका रूपमा चित्रण गरिएको छ।

ट्याक्टरमाथि चढेकी उनले औँला ठड्याउँदै कसैलाई थर्काइरहेको पोस्टरमा देख्न सकिन्छ।

अभिनेत्री स्वस्तिमाले यस फिल्ममार्फत निर्मात्रीमा डेब्यु गर्दै छिन्।

स्वस्तिमा खड्कासहित फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि लगानी हुनेछ।

कमेडी-सोसल जनरामा बनेको यस फिल्मलाई सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्।

फिल्ममा स्वस्तिमा र निश्चलसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारले अभिनय गर्ने छन्।

फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन्।

फिल्म आगामी दसैँमा रिलिज गर्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .