ad ad

कला


श्रेया घोषालको स्वरमा ‘पुष्पा २’ को को दोस्रो गीत सार्वजनिक

श्रेया घोषालको स्वरमा ‘पुष्पा २’ को को दोस्रो गीत सार्वजनिक

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १३:३३, काठमाडौँ

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा-२’ को को दोस्रो गीत सार्वजनिक भएको छ। श्रेया घोषालको स्वर रहेको ‘अंगारोका अमरसा’ बोलको गीतमा अल्लु अर्जुन र रश्मिका मन्दनालाई जोडीका रुपमा देख्न सकिन्छ।

भिडिओमा जोडीका रुपमा देखिएका अल्लु र रश्मिकाको नृत्य देख्न सकिन्छ। रकिब आलमको शब्द रहेको गीतमा देवी श्री प्रसादको संगीत भरेका छन्। यस गीतमा पहिलो पार्टको गीतहरू सामी र श्रीवल्लीका शब्दहरू पनि समावेश गरिएको छ।

सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लु र रश्मिकासहित फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। ‘पुष्षा-द रूल’ सन् २०२४ अगस्ट १५ मा प्रदर्शन हुनेछ। 

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा-द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .