ad ad

कला


जेठ ३२ गतेबाट रिलिज हुँदै फिल्म ‘बाटोः रोड टु डेथ’

जेठ ३२ गतेबाट रिलिज हुँदै फिल्म ‘बाटोः रोड टु डेथ’

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १३:२७, काठमाडौँ

नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’ जेठ ३२ गतेबाट रिलिज हुँदैछ। रिलिज मिति नजिकिएसँगै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ।

थ्रिलर क्राइम जनरामा बनेको फिल्मको ट्रेलर रोचक छ। जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई ट्रेलरमा देखाइएको छ।

एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देख्न सकिन्छ। जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ।

काठमाडौं फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मदन थापाको लेखन र निर्देशन रहेको छ। फिल्मको विषयवस्तु अनुसार १६ वर्ष उमेरभन्दा माथिका दर्शकले मात्र हेर्ने गरी सेन्सर बोर्डले सर्टिफिकेट दिएको छ।

यस फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ ।

भारतको चेन्नइँमा प्राविधिक कार्य भएको फिल्मको निर्माता चन्दन झा हुन्। फिल्ममा शरण ऋषिको छायांकन, एनबी महर्जनको द्वन्द्व छ। डब्बी एटमस साउण्डमा तयार पारिएको फिल्म काठमाडौं र गाईघाटमा छायांकन गरिएको छ। फिल्मको लाइन प्रोड्युसर प्रकाश हमाल हुन्।

हेर्नुहाेस् फिल्मको ट्रेलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .