ad ad

कला


‘पुजार सार्की’मा पल शाह यस्तो अवतारमा

‘पुजार सार्की’मा पल शाह यस्तो अवतारमा

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १४:२, काठमाडौँ

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ जेठ १० गतेदेखि प्रदर्शन हुँदै छ।

यसैबीच अभिनेता पल शाहले फिल्ममा आफ्नो भूमिकाका दुई तस्बिर सार्वजनिक गरेका छन्।

जुन तस्बिरमा पल वृद्ध अवस्थामा देखिएका छन् भने उनलाई प्रहरीले पक्राउ गर्न खोजिरहेको देखिन्छ सकिन्छ।

पलले फेसबुकमा लेखेका छन्,‘आज मैले पुजार सार्कीमा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनुभएको प्रेम अतुलनीय छ।’

ती तस्बिरमा फ्यानहरूले उत्सुकताका साथ प्रतिक्रिया दिइरहेका छन्। ‘पुजार सार्की’मा पल मेघराज खत्री बनेका छन्।

साथै उनले आफू अर्को फिल्मको सुटिङमा भएकाले पुजार सार्कीको प्रचारमा सहभागी हुन नसकेको स्पष्टीकरण पनि दिएका छन्।

‘चलचित्र ‘रावायण’को छायांकनका कारण प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन। मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनुभएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडि उपस्थित हुन सकेको छैन’, उनले लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .