कला


अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या

अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:४७, काठमाडौँ

भारतीय मोडल राखी सावन्तको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सावन्तका पूर्वपति रितेश सिंहका अनुसार उनको अवस्था निकै गम्भीर छ।

राखीले निकै गम्भीर रोगको सामना गरिरहेकी छिन्। उनको मिर्गौला र मुटुमा समस्या देखिएको रितेशको भनाइ छ।

‘डाक्टरका अनुसार राखीको पेट सुन्निएको छ। मृगौला पनि बिग्रिएको छ र उनको मुटुमा पनि समस्या छ। डाक्टरहरूले परीक्षण गरिसकेका छन्’, सिंहले भनेका छन्। 

परीक्षण भए पनि रिपोर्ट आउन नसकेको उनले बताए। सोनोग्राफी गर्दा ट्युमर निकै ठूलो देखिएको उनले बताएका छन्।

उनले भनेका छन्, ‘यो ट्युमर क्यान्सर हो कि होइन भनेर चिकित्सकहरुले अहिले अनुसन्धान गरिरहेका छन्। समग्रमा अवस्था ठीक छैन। ’

राखी मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको उनले दाबी गरे। बलिउडमा ड्रामा क्विनका रुपले चर्चित राखीको अस्पतालको तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

 उनको तस्बिर हेरेर फ्यान र प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। केही प्रयोगकर्ताले स्वास्थ्य लाभको कामना गर्दा केहीले भने अस्पताल भर्नालाई ड्रामा समेत भनिरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad