बलिउड अभिनेता कार्तिक आर्यनले आगामी फिल्म ‘भूल भुलैया ३’ को सुटिङ सुरु गरेका छन्। उनले कोलकाताको हावडा ब्रिजमा यस फिल्मको एक दृश्य खिचेका छन्।
कलाकारहरूले त्यहाँ फिल्म सुटिङ गरेको देखेर पुलमा ठूलो भीड जम्मा भएको थियो।
कार्तिकले फिल्मको आफ्नो क्यारेक्टर रुह बाबाको गेटअपमा एउटा फोटो पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।
हावडा ब्रिजमा खिचिएको यो तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘कोलकाता। हाउ आर यू?
सुटिङपछि कार्तिक रुह बाबाको गेटअपमा रेस्टुरेन्टमा पुगेका थिए। यहाँ पनि उनलाई भीडले घेरेको थियो।
त्यसपछि कार्तिकले आफ्ना फ्यानसँग फोटो समेत खिँचे। कार्तिकको कोलकाताका धेरै तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
फिल्म ‘भूल भुलैया ३’ मा कार्तिकको अपोजिटमा तृप्ति डिमरी देखिनेछिन्। पहिलो पार्टमा मञ्जुलिकाको भूमिकामा देखिएकी अभिनेत्री विद्या बालन पनि यो फिल्मको तेस्रो भागमा देखिनेछिन्। यसबाहेक माधुरी दीक्षित पनि यो फिल्मको हिस्सा बन्न सक्ने चर्चा छ।
Shares
प्रतिक्रिया