कला


होलीका अवसरमा पोखरामा भारतीय दूतावासद्वारा नृत्य कार्यक्रम

होलीका अवसरमा पोखरामा भारतीय दूतावासद्वारा नृत्य कार्यक्रम

नेपालखबर
चैत ११, २०८० आइतबार १७:५७, काठमाडौँ

पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुतिसहित एक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले उक्त कार्यक्रम गरिएको हो।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि थिए। कार्यक्रममा गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको समेत उपस्थित थिए।

मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै सांस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे।

भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौँ पुरानो सांस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे।

श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार : वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइयो।

लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गरेका थिए। उनलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिए।

बाराही घाट लेकसाइड पोखरामा आयोजित उक्त कार्यक्रममा ५०० भन्दा बढी मानिस उपस्थित थिए।

काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले २०८० चैत्र ९ गते काठमाडौंमा प्रस्तुति गरेको थियो। यस कार्यक्रमपछि टोलीले चैत ११ गते लुम्बिनी, चैत्र १३ गते वीरगञ्ज र चैत १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .