ad ad

कला


विराज भट्टको '१२ गाउँ'मा कनिज भिलेन

विराज भट्टको '१२ गाउँ'मा कनिज भिलेन

नेपालखबर
फागुन २०, २०८० आइतबार १०:३५, काठमाडौँ

विराज भट्टको फिल्म '१२ गाउँ'मा अभिनेता कनिज कोइराला अनुबन्ध भएका छन्।

दक्षिण भारतीय फिल्म 'साहो' फेम्ड उनी यस फिल्ममा खलपात्रका रूपमा देखिँदै छन्।

'१२ गाउँ'मा कनिजले खेल्ने पक्का भइसकेको विराजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

पहिलो नेपाली ग्ल्याडरक्स मोडल कनिज इन्टरनेसनल म्यानहन्ट नेपाल २००९ समेत हुन्।

साहोसहित तेलुगु फिल्म 'गोचाडरी' खलनायनका रूपमा देखिसकेका उनी विराजसँग भोजपुरी फिल्म 'वध' मा समेत काम गरेका थिए।

विराजसँग कनिजको यो दोस्रो सहकार्य हो। यस फिल्मबाट एक्सन स्टार विराजका छोरा समीर भट्टले डेब्यु गर्दे छन्।

साथै 'इन्टरनेसनल नेपाल २०२२' न्यान्सी खड्का पनि मुख्य भूमिका हुनेछ।

सन्तोष सरकारको कथा र पटकथा रहेको फिल्ममा विराजको पनि अभिनय रहनेछ।

एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मको छायांकन चैत १५ मा सुरु हुनेछ।

विराजले ४ वर्षपछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन्।

२०७६ सालमा पहिलोपटक विराजले फिल्म ‘साङ्लो’ बनाएका थिए।

जुन फिल्ममार्फत पूर्वमिस नेपाल निकिता चण्डकले डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .