फागुन २५ गते रिलिज हुने ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक भएको छ।
बिहेको सेटिङमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वर सुन्न सकिन्छ।
सविन एकतारेका शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन्।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको विवाह समारोहलाई समेटिएको छ।
भिडिओमा मुख्य स्थान पाएका विजय बराल कमेडी शैलीमा प्रस्तुत भएका छन्।
अर्जुन सुवेदी सुवेदी निर्देशित यस फिल्ममा दयाहाङ, मिरुना, विजयसहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको मुख्य भूमिका छ।
फिल्मको कथा पनि सुवेदीले लेखेका हुन्।
संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले खिँचेका हुन्।
अमेरिकामा कलाकारसहित भीआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ।
Shares
प्रतिक्रिया