ad ad

कला


प्रियंका र निकले किन छाडे साढे २ अर्ब भन्दा बढी पर्ने अमेरिकाको भव्य घर?

प्रियंका र निकले किन छाडे साढे २ अर्ब भन्दा बढी पर्ने अमेरिकाको भव्य घर?

नेपालखबर
माघ १९, २०८० शुक्रबार १३:३८, काठमाडौँ

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लसएन्जलसस्थित घर छाडेका छन्। 

यो घर उनीहरुले सन् २०१९ मा करिब २० मिलियन डलरमा खरिद गरेका थिए। तर, घरमा पाइप चुहावटको समस्या देखिएपछि उनीहरु घर छाड्न बाध्य भएका हुन्। 

प्रियंका र निकले यस घरमा बस्दा पानीको कारण समस्याको सामना गरिरहेका थिए। पाइप चुहावटका कारण उनको घरको भित्तामा ओसिलोपन देखिन थालेको छ। त्यसैले दम्पतीले यो घर छोड्नुपरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस विषयमा दम्पतिले प्रोपटीडिलर विरुद्ध मुद्दा समेत दायर गरेका छन्।

प्रियंका श्रीमान निकसहित छोरी मालतीसँग यस घरमा बस्दै आएकी थिइन्। यस घरमा ७ बेडरुमसहित तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, बलिङ्ग गल्ली, स्पा, स्टीम शावर, जिम र बिलियर्ड कोठा छन्।

घर बेच्ने व्यक्तिलाई दम्पतीले मुद्दा हालेका छन्। यसरी चुहावटको समस्याले मानिसको स्वास्थ्यमा असर पार्ने र स्वास्थ्य बिग्रन सक्ने उनीहरुको भनाई छ। 

रिपोर्टका अनुसार प्रियंका र निकले मे २०२३ मा घर बेच्ने बिक्रेताविरुद्ध मुद्दा हालेका थिए। जबदेखि सम्पत्ति खरिद गरिएको थियो, त्यहाँ स्पा र पूलमा समस्याहरू थिए। घरका धेरै भागमा काईको समस्या पनि देखिन्थ्यो। त्यसयता घरको बार्बेक्यु क्षेत्रमा पानी चुहने समस्या पनि सुरु भएको थियो।

यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन। मुद्दामा क्षतिग्रस्त वस्तुहरूको मर्मत खर्चको क्षतिपूर्तिको माग गरिएको छ। यस समस्याका कारण प्रियंका र निकले जति नोक्सानी बेहोरेको छ, त्यसको पनि क्षतिपूर्ति गर्नुपर्ने हुन्छ। यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलर लागेको बताएको छ।

अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन्। उनको घरको चुहावटको समस्या समाधान नभएसम्म उनी अर्को घरमा बस्नेछन्। यद्यपि प्रियंका र निक आफ्नो कामको शिलशिलामा संसारभर घुमिरहन्छन्। तर दम्पतीको घर एलएमा छ, जहाँ उनीहरु दुवै विगत केही वर्षदेखि सँगै बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .