प्रदीप भट्टराई निर्देशन रहेको फिल्म ‘महाजात्रा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको फस्टलुक पोस्टरमा मुख्य कलाकारहरु विपिन कार्कीसहित हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा देखिएका छन्।
जहाँ तिनैजनाले हरिवंशलाई ह्विलचेयरमा लगिरहेका देख्न सकिन्छ। पृष्टभूमिमा गाडी र पैसालाई देखाएर फिल्मको थीम भन्न खोजिएको छ। अभिनेत्री वर्षा राउत भने पोस्टरमा अटाएकी छैनन्।
प्रदीपकै लेखन रहेको यस फिल्ममा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलको निर्माताका रुपमा रहेका छन्। षट्कोण आटर्सको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।
पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्म आगामी चैत ९ गतेबाट रिलिज हुनेछ।
‘महाजात्रा’ हिट शृंखला ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछिको तेस्रो फिल्म हो। सन् २०१६ मा रिलिज भएको जात्रा समीक्षात्मक र व्यावसायिक हिसाबले सफल फिल्म हो।
त्यसपछि सन् २०१९ मा रिलिज भएको ‘जात्रै जात्रा’ मिश्रित समीक्षा पाएपनि राम्रो व्यापार गरेको थियो।
Shares
प्रतिक्रिया