फिल्म ‘द अन ब्रेकेबल अगस्त्य : च्याप्टर १’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी फागुन १८ गते रिलिज हुने पक्का भएको हो।
फस्टलुक पोस्टरमा मुख्य कलाकार सौगात मल्लका दुईवटा गेटअप लुक सार्वजिक गरिएको छ। सौगात मल्ललाई सौर्यको पात्रको रुपमा चिनाइएको छ।
पहिलो पोस्टरमा उनी एक्सन अवतारमा देखिएका छन्। त्यसैगरि, दोस्रो पोस्टरमा उनी रेलवेको छेउमा सडकछाप रुपमा पात्रको रुपमा देख्न सकिन्छ। सौगातका यी दुई लुकले दर्शकहरुमा कौतुहलता थपेको छ।
यस फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए। पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए। फिल्मका लागि सौगातले गरेको मेहनेत पोष्टरमा पनि देखिन्छ।
यस फिल्ममा सौगातको साथै नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतको अभिनय छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार फिल्ममा संजय लामाको छायांकन छ।
प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी रहेको फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ।
Shares
प्रतिक्रिया