कला


‘मायाका रंगहरू’मा कुन्दन भारद्धाज अनुबन्धित

‘मायाका रंगहरू’मा कुन्दन भारद्धाज अनुबन्धित

नेपालखबर
पुस १३, २०८० शुक्रबार १५:१३, काठमाडौँ

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकीय फिल्म ‘मायाका रंगहरू’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन्। भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन्।

उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान अनि बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामा मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन्।

फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन्। यो इन्डो नेपाली फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ। पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ।

सिनेमाका सह निर्माता जेनिश न्यौपाने हुन्। फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन्। पर्यटन पवर्द्वनको लागि फिल्म भन्ने उदेश्यले आफूले यो फिल्म निर्माण गर्न लागेको निर्देशक तामाङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad