कला


रेखा थापाको फिल्म ‘उपहार’ को ‘मुटुको ४ आना’ बोल गीत सार्वजनिक

रेखा थापाको फिल्म ‘उपहार’ को ‘मुटुको ४ आना’ बोल गीत सार्वजनिक

नेपालखबर
पुस १२, २०८० बिहिबार १५:४२, काठमाडौँ

रेखा थापाको फिल्म ‘उपहार’ को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मुटुको ४ आना’ बोलको गीतको भिडिओ ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर रहेको छ। मुक्त उदासको शब्द रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन्।

गीतको भिडिओमा अभिनेत्री रेखासहित बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई देख्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफीमा कलाकारहरु छमछमी नाचेका छन्।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो फिल्म फागुन २५ गतेबाट प्रदर्शन हुनेछ। 

‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतको पनि अभिनय छ।

रेखाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको कथा, भारतीसहित अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad