चलचित्र विकास बोर्डले देशभरका फिल्म हललाई इजाजतपत्र लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ।
बिहीबार सार्वजनिक सूचना जारी गरी चलचित्र बोर्डले इजाजतपत्र नलिएका तथा नवीकरण नगरेका फिल्म हलहरूलाई आगामी ३५ दिनभित्र इजाजतपत्र लिन तथा नवीरकण गर्न निर्देशन दिएको हो।
बोर्डले सूचनामा भनेको छ, ‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी/ गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्न/गराउन हुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ।’
बोर्डले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र इजाजतपत्र नलिए वा अद्यावधिक रहेको कागजात बोर्डसमक्ष पेस नगरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि चलचित्र बोर्डले दिएको छ।

Shares

प्रतिक्रिया