कला


दयाहाङ-उपासना अभिनित ‘हात्तीछाप’ माघ २६ देखि नेपालसहित जापान र कोरियामा प्रदर्शन हुने

दयाहाङ-उपासना अभिनित ‘हात्तीछाप’ माघ २६ देखि नेपालसहित जापान र कोरियामा प्रदर्शन हुने

नेपालखबर
पुस १०, २०८० मंगलबार १३:१, काठमाडौँ

पछिल्लो समय विदेशी बजार पनि नेपाली फिल्मका लागि लगानी उठाउने दरियो माध्यम बनिरहेको छ। फिल्म निर्माताले अन्तर्राष्ट्रिय प्रदर्शन राइट्सबाट राम्रै आम्दानी गरिरहेका छन्। 

दयाहाङ राई र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म हात्तीछाप बहुप्रतिक्षित फिल्ममा पर्छ। किनकि दिमाग खराबपछि सुस्ताएको नेपाली फिल्म बजार यस फिल्मले चलायमान बनाउने आशा राखिएको छ।

किरण नेपालीको प्रस्तुति रहेको यो फिल्म माघ २६ गतेदेखि नेपालसहित जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी छ। 

फिल्म जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ। यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ। 

‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ। यसले हामीलाई अझै उत्साहित बनाएको छ’, टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाईंले भने। 

सिमोस सुनुवार निर्देशित यस फिल्ममा दयाहाङ र उपासनासहित सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राईलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad