कला


शौर्य मिथिला लोक चित्रकला प्रतियोगितामा सप्तरीकी रुबी कर्ण पहिलो

शौर्य मिथिला लोक चित्रकला प्रतियोगितामा सप्तरीकी रुबी कर्ण पहिलो

नेपालखबर
पुस ९, २०८० सोमबार १५:१९, काठमाडौँ

शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

‘मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तीन जना विजेता र १२ जनालाई सान्तवना पुरस्कार प्रदान गरिएको छ।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ट साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानी सहित विभिन्न वडाका वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो।    

प्रतियोगितामा पहिलो हुनेमा सप्तरीकी मिथिला चित्रकार रुबी कर्ण, दोश्रोमा महोतरीकी नेहा कुमारी, तेश्रोमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ७५ हजार, दोश्रो हुनेलाई नगद रु ५० हजार र तेश्रो हुनेलाई नगद रु २५ हजार साथै बाँकी १२ जनालाई सान्तवना पुरस्कार नगद रु ११ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो।

तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए।

कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज कुमार महतले स्वागत मन्तव्य राखेका थिए। संतोष लाल दासले सञ्चालन गरेको प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार शयाम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad