कला


‘मेयर’ बन्दै अभिनेता खगेन्द्र लामिछाने

‘मेयर’ बन्दै अभिनेता खगेन्द्र लामिछाने

नेपालखबर
पुस ४, २०८० बुधबार १६:५१, काठमाडौँ

फिल्म ‘मेयर’ को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन्। दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा उनी मेयरको भूमिकामा देखिन लागेका हुन्। 

निर्देशक खनालले खगेन्द्र मुख्य भूमिकामा फिक्स भएको जानकारी दिए। बुधबार फिल्म निर्माण टिम र खगेन्द्रबीच सहकार्यको लागि सहमति भएको हो। अन्य कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन। यस फिल्ममा निर्देशक दीपेन्द्रकै लेखन रहेको छ। 

यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवनीमा बन्नेछ। फिल्ममा खगेन्द्र भरतको भूमिकामा देखिनेछन्। 

मेयर भरतकुमारसँग खगेन्द्रको स्वभावदेखि हुलिया मिल्ने भएर फिल्मको लागि रोजेको उनले सुनाए।

‘खगेन्द्रजी एक कुशल अभिनेता हुनुहुन्छ। भरतकुमार थापाको हुलियादेखि स्वभाव/आनीबानीसँग खगेन्द्रजीको धेरै कुरा मिल्छ। भरतजीलाई राम्रोसँग प्रतिनिधित्व गर्नुहुन्छ भनेर हामीले खगेन्द्रजीलाई लिएका हौँ।’

यस फिल्मको छायाङ्कन माघपहिलो साताबाट सुरु हुने बताइएको छ। यस फिल्ममा सागर मैनाली र अरविसा थापाको लगानी रहेको छ। 

मेयर थापा गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयर बनेका हुन्। उनको मेयर पदमा दोस्रो कार्यकाल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad