कला


मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुँदै

मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुँदै

नेपालखबर
पुस १, २०८० आइतबार १६:१६, काठमाडौँ

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ। थिएटर आकारको प्रस्तुति रहेको यो नाटक पुस १२ गतेबाट मञ्चन हुनेछ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटकलाई नेपाली भाषामा अनुवाद गरेर मञ्चन गर्न लागिएको हो। बादल १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए।

नाटकलाई शिव खाँड ठकुरीले नेपालीमा अनुवाद गरेका हुन्। उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन्। सोमबारबाहेक हरेका साँझ ५ बजे मञ्चन हुने नाटक माघ ६ गतेसम्म चल्नेछ।

घनश्याम श्रेष्ठको निर्देशन रहेको नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतको अभिनय छ। यसै नाटकमार्फत मलिकाले नाटकमा डेब्यू गरेकी हुन्।

पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ। यस संवेदनशील विषयवस्तुलाई दर्शक माझ कला मार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको निर्देशक श्रेष्ठ बत्ताउँछन्।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad