राजकुमार हिरानी निर्देशित बलिउड फिल्म ‘डंकी’ बहुप्रतिक्षित फिल्म हो। शाहरुख खानको मुख्य भूमिका रहेको यो फिल्म २१ डिसेम्बरबाट प्रदर्शन हुँदैछ।
तर,यस फिल्मको रिलिजअगावै राजकुमार नयाँ वेव सिरिजको काममा लागेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार हिरानीले साइबर सुरक्षासम्बन्धित विषयमा वेव सिरिज बनाउन लागेका हुन्। हिरानीको लगानी रहेको सिरिजको टाइटलको नाम फिक्स गरिएको छैन।
हाल यस सिरिजको प्री प्रोडक्सनको काम अन्तिम चरणमा छ। यस सिरिजमा अभिनेता विक्रान्त मेस्सी मुख्य भूमिकामा देखिनेछन्। सिरिजमा उनको साइबर क्राइम विशेषज्ञको भूमिका हुनेछ।
मिर्जापुर, ब्रोकेन बट ब्युटीफूल र क्रिमिनल जस्टिसजस्ता सिरिजमा काम गरिसकेका विक्रान्तको यो चौंथो सिरिज हुनेछ।
यस वेव सिरिजको निर्देशन अमित सत्यवीर सिंहले गर्नेछन्।
अमितले यसअघि थुप्रै विज्ञापन निर्देशन गरिसकेका छन्। यस सिरिजको आगामी जनवरीबाट सुटिङ सुरु हुनेछ।
Shares
प्रतिक्रिया