ad ad

कला


अस्मिताले अमेरिकाका १२ सहरको कन्सर्टमा दिइन् प्रस्तुति

अस्मिताले अमेरिकाका १२ सहरको कन्सर्टमा दिइन् प्रस्तुति

नेपालखबर
मंसिर १८, २०८० सोमबार १३:३९, काठमाडौँ

पछिल्लो समयकी चर्चित गायिका हुन् अस्मिता अधिकारी।  तिनै अस्मिताले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छिन्। 

अस्मिताले ‘यूएसए फर्स्ट म्युजिकल यात्रा भोल्युम वन’ कन्सर्टमार्फत न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गका दर्शकलाई झुमाइन्। 

नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन गरिएको थियो। 

अधिकारीले पहिलो पटक अमेरिकामा प्रस्तुति दिएकी हुन्। एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ। 

लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए।

४५ दिनमा सबै कन्सर्टहरू सकिएको आयोजकले जनाएको छ। हरेक विकेन्डमा आयोजित ती सबै कन्सर्टमा नेपाली भाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूसम्मको सहभागिता रहेको थियो। 

अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजक मध्ये एक शरद युवराज सिंहले बताए।

अस्मिताले पछिल्लो समयको चर्चित गीत ‘काले केटाले’ सहित टाढा भए पनि, मेसो मिलाएर, रमरम मरौटी, उता परेली झिम झिम भो, फुलै फुल दिन्छौ कि लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .