निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ।
तेस्रो सातामा पनि फिल्मले दर्शकहरुको साथ पाइरहेको छ।
कात्तिक २४ गते रिलिज भएको यस फिल्मले राजनीतिक पृष्ठभूमिमा आम मानिसको कथा भन्छ। नेपालसहित विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ।
यस फिल्ममा बस्नेतसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, पुस्कर गुरुङ, सुमन कार्की लगायतको अभिनय छ।
रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मको कथा आकाश बरालको लेखेका हुन्।
339
Shares
प्रतिक्रिया