क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता लिटिल स्टार हन्ट नेपालको उपाधि इभान्सी पौडेलले जितेकी छन्।
यस्तै प्रतियोगितामा यथार्थ शाही ठकुरी जुनियर लिटिल स्टार हन्ट नेपाल तथा जिज्ञासा शाही ठकुरी र रियाज आले मगर सिनियर लिटिल स्टार हन्ट नेपाल भएका छन्।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न लिटील स्टार हन्ट नेपाल २०२३ को जुनियरतर्फ इभाना शर्मा र व्रिसभध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भएका छन्।
कोरोना स्कुल, सुर्योदय स्कुल र डेनब एकेडेमीका २६ विद्यार्थीबीच कडा प्रतिस्पर्धा भएको प्रतियोगिताको सिनियरतर्फ संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भएका छन्। रानी खरेलको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका साथ अन्य विभिन्न उपविजेता पनि चयन गरिएको थियो।
बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुप प्रालिका अध्यक्ष लभिन अन्सारीले जानकारी गराए। प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेसनल अनिता यादव निर्णायक थिए।
Shares
प्रतिक्रिया