ad ad

कला


प्रेम दिवसमा ‘सयको गुन’ (भिडियो)

प्रेम दिवसमा ‘सयको गुन’ (भिडियो)

नेपालखबर
माघ १४, २०७६ मंगलबार १०:१९,

गायक तथा संगीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ। गीतमा गायक थापा र विष्णु माझीले स्वर दिएका छन्। गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ।

गीतमा संगीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ। संगीत संयोजन आशिष अविरलको हो। सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गरेका छन्। अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन्। यसअघि उनले सुमधुर झ्याउरे लयमा संगीत गरेको ‘सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पु-याएको छ।

‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य संगीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र संगीत भर्ने गरेको पाइन्छ। ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो। युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ।

यस्तै थापाले संगीत गरेर माझी र उनी आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ। ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ।

 

थापा यतिबेला धेरै आम्दानी गर्ने कलाकारको सूचीमा रहेका छन्। पछिल्लो समय उनका संगीतका धेरै गीत बजारमा आउन थालेका छन्। ‘संगीतमा व्यस्त रहँदा आयोजकले निमन्त्रणा गर्दा विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत जान पाएको छैन”, उनले भने, ‘संगीत गर्न र गीत गाउनमै व्यस्त छु।’ उनले ‘सयको गुन’ बोलको गीत प्रेम अर्थात् भ्यालेन्टाइन दिवस (फेब्रुअरी १४) लाई लक्ष्य गरेर बजारमा ल्याएका हुन्। सो गीत पनि दर्शकको रोजाइमा पर्नेमा आफू आशावादी रहेको उनले बताए।

‘पछिल्लो समयमा लोकगीतको महत्व उच्चस्तरले बढेर गएको छ’, थापाले भने, ‘पहिले, पहिले लोकगीत शहरमा त्यति बज्दैन्थे, अहिले शहर बजारमा पनि अत्यधिक घन्केको पाउँदा निकै खुशी लाग्ने गरेको छ।’ उनले लोकगीतप्रतिको आकर्षणलाई अझै बढाउन स्रष्टाले उत्कृष्ट सिर्जना पस्कनमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .