प्रसिद्ध अमेरिकी गायिका बियोन्सेले आफ्नो चर्चित सांगीतिक टुरलाई फिल्मका रुपमा रिलिज गर्ने भएकी छिन्।
उनले आफ्नो सांगीति टुर ‘रेनासा’लाई सांगीतिक टुरका रुपमा रिलिज गर्न लागेकी हुन्।
चर्चित अमेरिकी मल्टिप्लेक्स एएमसीसँग मिलेर बियोन्सेले यो टुरलाई दर्शकमाझ ल्याउन लागेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ।
सन् २०२३ मा बियोन्सले गरेको उक्त टुरले विश्वव्यापी उच्च कमाइ गरेको थियो। यो फिल्मलाई आगामी डिसेम्बर १ मा रिलिज गर्ने तयारी छ।
टुरको अन्त्यसम्म यो विश्व टुरको अन्तर्राष्ट्रिय बजारमा ५६० मिलियन डलरको टिकट बिक्री हुने अपेक्षा छ।
यस अघि गायिका टेलर स्वीफ्टले चर्चित इरास टुरलाई फिल्ममा ल्याउने तयारी गरेको जनाएकी थिइन। बियोन्सेले टेलरके कदमलाई पछ्याएको चर्चा भैरहेको छ।
गायिका स्वीफ्टले एएमसीसँग मिलेर ल्याउन लागेको इरास टुर कन्सर्टले अक्टोबर रिलिजमा १०० मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ।
Shares
प्रतिक्रिया