ad ad

कला


‘पशुपति प्रसाद २ भष्मे डन’ : अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक

‘पशुपति प्रसाद २ भष्मे डन’ : अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक

नेपालखबर
असोज १२, २०८० शुक्रबार १२:५२, काठमाडौँ

यसबर्षको प्रतिक्षित सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। 

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा लुक्समा पस्तुत छन्।

सिनेमाको यसअघि सार्वजनिक पोस्टर, टिजर र २ गीतले दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन्। जसले गर्दा सिनेमाको विदेशका विभिन्न देशका शहरमा तीन हप्ता अगाडि नै अग्रिम टिकट बुकिङ समेत खुलिसकेका छन्। केही देशमा खुल्ने तयारी भैरहेको विदेश वितरक सेभेन सिजले जानकारी दिएको छ।

विदेश वितरकका अनुसार सम्भवत यो नै पहिलो नेपाली सिनेमा होला, जस्को अफिसियल ट्रेलर रिलिज नगर्दै विदेशी बजारमा दर्शकको उच्च मागका कारण तीन हप्ता अगाडी नै अग्रिम टिकट बुकिङ खोल्नु पर्ने अवस्था बन्यो। यही कारण पनि सिनेमाले नेपालसँगै विदेशी बजारमा समेत उच्च व्यापार गर्ने पक्का भएको छ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ स् भष्मे डन’ निर्माण गरिएको हो।

सिनेमामा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ। सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन्।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .