गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ हालै सार्वजनिक भएको छ।
आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा दीपक शर्माको संगीत र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ।गीतको भिडियो ओएसआर डिजिटलको अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो।
संचारकर्मी डा. शिव तिवारीको निर्देशन रहेको गीतको भिडिओमा योगेश दाहालको छायांकन तथा सम्पादन रहेको छ।
यसअघि २०७४ सालमा ‘नाच्दै खेल्दै’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा उदायकी उनी वगत १२ वर्षदेखि बेलायतको स्कटल्यान्डमा बस्दै आएकी छन्।
114
Shares

प्रतिक्रिया