नेपाली कथानक चलचित्र ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा सामाजिक कथावस्तु समेटिएको छ।
सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक देखिएको छ। मुकुन भुसाल र प्रकाश घिमिरे चलचित्रको ट्रेलरमा सशक्त देखिएका छन्।
चलचित्रमा मुकुन भुसाल, प्रकाश घिमिरे, मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जन लगायतका कलाकारले अभिनय गरेका छन्।
रामप्रसाद रिजालको प्रस्तुती निर्माण भएको चलचित्रमा लक्ष्मण रिजालको लगानी रहेको छ।
चलचित्रको एक गीतमा अभिनेत्री वर्षा शिवाकोटी फिचर छिन्। हरि लामा घलेले खिचेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका छन्।
12
Shares
प्रतिक्रिया