मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘हामी तीन भाइ’को शीर्ष भूमिकामा लक्ष्मी बर्देवा अनुबन्धित भएकी छिन्। यो फिल्ममा लक्ष्मीको जोडीका रुपमा विनोद न्यौपानेले अभिनय गर्नेछन्।
फिल्ममा लक्ष्मीसँगै अर्की अभिनेत्री आश्मा गिरी पनि अनुबन्धित भएकी छिन्। आश्माको जोडीका रुपमा कुशल विष्टले फिल्ममा अभिनय गर्नेछन्।
मनकामना मन्दिरमा पटकथा पुस्तक पूजा गर्दै घोषणा गरिएको फिल्म छायांकनमा जाने तयारीम छ। फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा, दीपक चापागाईं, तारा शर्मा, भुवन काफ्ले, नयन फुयाँल, पवन केसी लगायतका कलाकारले पनि अभिनय गर्नेछन्।
फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता, प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सहनिर्मातामा छन्।
प्रसिद्धि सिने आर्टस् ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र एसबी सापकोटाको संगीत रहनेछ।
Shares
प्रतिक्रिया