ad ad

कला


दयासँग स्क्रिन सेयर गर्दै निकिता, भन्छिन्- थोरै डर, धेरै उत्साहित छु

दयासँग स्क्रिन सेयर गर्दै निकिता, भन्छिन्- थोरै डर, धेरै उत्साहित छु

नेपालखबर
असार १७, २०८० आइतबार १६:०, काठमाडौँ

सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली सिनेमामा काम गर्ने पक्का भएको छ। उनी ‘राजागन्ज’बाट पुनः सिनेमामा फर्किन लागेकी हुन्। सिनेमालाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर्नेछन्।

रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज फिल्म ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए। यस्तै यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो। सिनेमालाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन्।

सिनेमामा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन्। यो सिनेमालाई पुलिस थ्रिलरको जनरामा राखिएको छ। सिनेमामा निकिताका अलवा दयाहाङ राई र अभिनेत्री आशा मंगरातीको प्रमुख भूमिका रहनेछ। 

सिनेमामा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ।

यसै सिनेमाबाट निर्माता बनेका रामबाबुले निर्देशक रौनियारसँग आफू सिनेक्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन्। ‘यो सिनेमा नेपाली सिनेमा क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ र म यो सिनेमाले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु’ उनले भने।

आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने सिनेमाको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ। त्यस्तै अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहितसँगै र थोरै डरको महसुस गरिरहेको प्रतिक्रिया दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .