पछिल्लो पुस्ताकी चर्चित गायिका शान्तिश्री परियारसँग अघिल्लो पुस्ताका लोकप्रिय कलाकार हरिवंश आचार्यले ३ महिनाअघि गायनमा सहकार्य गरे।
हरिवंशको परिचय गायक होइन, अभिनय हो। तर उनले गाएका गीत पनि उत्तिकै लोकप्रिय छन्।
शान्तिश्रीसँग ३ महिनाअघि गाएको गीत ‘काउली’लाई पनि स्रोता दर्शकले लालमोहर लगाइदिए। सार्वजनिक गीतमा हरिवंशकै शब्द र संगीत थियो। गीतको सफलतापछि हरिवंश र शान्तिश्रीले अर्को सहकार्य गरेका छन्।
हरिवंश र शान्तिश्रीको सहकार्यको नयाँ गीत रेकर्ड पनि भइसकेको छ। नयाँ गीतमा पनि हरिवंशकै शब्द संगीत रहेको छ।
सार्वजनिकको तयारीमा रहेको उक्त गीतलाई सरोज वलीले निर्माण गरेका हुन्।
42
Shares
प्रतिक्रिया