उक्त शहरको नाम ‘एकोन शहर’ हुने एकोले ट्वीटमार्फत जनाएका छन्।
एकोनले ट्वीटमा शहर निर्माण गर्ने सम्भmौता भएको जानकारी दिँदै भविष्यमा मानिसहरुलाई आफ्नो शहरमा स्वागत गर्न तयार भएको बताएका छन्।
सन् २०१८ मा एकोनले सिनेगलका राष्ट्रपतिले उपहारमा दिएको जमिनमा आफूले शहर निर्माण गर्ने बताएका थिए।
२ हजार एकडमा एकोनको शहर निर्माण हुने बताइएको छ। एकोनको शहरमा आफ्नै मुद्रा हुने बताइएको छ। उक्त मुद्राको नाम एकोइन हुनेछ।
सिनेगलमा जन्मिएको एकोन अमेरिकामा हुर्किएका हुन्। एकोनले भनेका छन्,‘म अफ्रिकामा ठूलो प्रभाव पार्न चाहन्छु।’
सन् २०१३ मा एकोनले अफ्रिका अमेरिकाजस्तो बनाउन मन लागेको बताएका थिए। एजेन्सी
— AKON (@Akon) January 13, 2020Just finalized the agreement for AKON CITY in Senegal. Looking forward to hosting you there in the future pic.twitter.com/dsoYpmjnpf
प्रतिक्रिया