ad ad

कला


यस्तो छ ‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ (भिडिओ)

यस्तो छ ‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ (भिडिओ)

नेपालखबर
जेठ १८, २०८० बिहिबार १३:५४, काठमाडौँ

आगामी असार १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ। 

गीतको भिडिओमा सिनेमाका मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव विष्टलाई फिचर्ड गरिएको छ। केके ब्रोदर्स अर्थात् कोसिस र केतन क्षेत्रीको कम्पोज र शब्द रचना रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। 

पोस्टर रिलिजसँगै चर्चामा आएको सिनेमाको सार्वजनिक गीत मुस्ताङका रमणीय स्थानमा खिचिएको छ। गीतमा मुख्य अभिनेत्री शिल्पा मास्के र गौरव विष्टको रोमान्टिक केमेस्ट्री गज्जब देखिएको छ। नेपाली र हिन्दीमा रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ। 

विवाहेतर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमा निरज कँडेल छायांकन गरेका हुन्। सुरज पाण्डेको डेब्यु निर्देशन रहेको सिनेमामा शिल्पा र गौरवका अलावा कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ।

डीएस डिजिटलको ब्यानरमा बनेको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल सिनेमाका लेखकसमेत हुन्। सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ। सिनेमाको प्राविधिक काम र रिलिजको चाँजोपाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन्।

गीतको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .