ad ad

कला


अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउँदा तिर्नुपर्‍यो जरिवाना

अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउँदा तिर्नुपर्‍यो जरिवाना

नेपालखबर
जेठ ४, २०८० बिहिबार ११:४२, काठमाडौँ

मुम्बई ट्राफिक प्रहरीले बलिउडका अभिनेता अमिताभ बच्चन र अभिनेत्री अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना गरेको छ।

वास्तवमा केही दिनअघि अमिताभ बच्चनले एउटा तस्बिर सेयर गरेका थिए। जसमा उनी एउटा मोटरसाइकलमा लिफ्ट मागेर कतै जाँदै गरेको देखिन्छ। उक्त तस्बिरमा अमिताभ र बाइक चालक दुवैले हेलमेट लगाएका थिएनन्।

यसपछि सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्माको एउटा भिडियो पनि सेयर भएको थियो, जसमा उनी कसैले चलाएको मोटरसाइकलमा चढेकी थिइन्। त्यसमा पनि दुवैले हेलमेट लगाएका थिएनन्। 

समाचार एजेन्सी पीटीआईले एक वरिष्ठ प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हेल्मेटबिना मुम्बईको सडकमा मोटरसाइकल चढेकाले अमिताभ र अनुष्का दुवैलाई लिफ्ट दिने चालकलाई जरिवाना गराइयो।’ 

मुम्बई ट्राफिक प्रहरीले ट्विटरमा दुवै मोटरसाइकलका चालकलाई जारी गरिएको चालानको प्रतिलिपि पनि सार्वजनिक गरेको छ। 

प्रहरी अधिकारीले पीटीआईसँग सोसल मिडिया प्रयोगकर्ताहरूको गुनासोलाई ध्यानमा राख्दै प्रहरीले ती मोटरसाइकल चालकलाई चालान जारी गर्‍यो र १० हजार ५ सय रुपैयाँ जरिवाना गर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .